१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

Logo
प्रकाशित शुक्रबार, आषाढ ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ असार । माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् ।

माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २ प्रमुख, ५ उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन् ।

निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ निर्वाचित जनप्रतिनिधिहरुको पद रिक्त भएको जानकारी दिएको छ ।

माओवादी केन्द्रले दल परित्याग गरेर एमाले प्रवेश गरेका आफ्ना जनप्रतिनिधिको पद स्वत रिक्त हुने भनी निर्वाचन आयोगलाई पत्र लेखेकाले सोही बमोजिम पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

पदमुक्त हुनेमा सबैभन्दा बढी रौतहटका ७ जना छन् । रौतहटका २ मेयर, चार उपमेयर र एक उपाध्यक्षको पद गएको छ । त्यस्तै कैलालीका एक उपमेयर र तीन वडाध्यक्षको पद गएको छ । महोतरी र वखलढुंगाका एकरएक वडाध्यक्ष र सिरहाका एक नगर कार्यपालिका सदस्यको पद गएको छ ।

आयोगको असार ९ गतेको निर्णय अनुसार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ (२) र (३) बमोजिम माओवादी केन्द्रका १४ जनप्रतिनिधिको पद स्वत रिक्त भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]