१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

मधेश भवनमा मधेशी सहिदको तस्विर पचेन् ,कांग्रेसका नेताहरुको तस्विर लगाए

Logo
प्रकाशित सोमबार, आषाढ १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ असार । प्रदेश २ सरकारको मुख्य प्रशासनिक थलो मानिएको ‘मधेस भवन’ मा नेपाली काँग्रेस भित्रिएसँगै मधेस आन्दोलनका सहिदको उपेक्षा गरिएको गुनासो बढ्न थालेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली काँग्रेसलाई तीन मन्त्रालयसहित सत्ता साझेदार बनाएपछि काँग्रेसले सम्हालेका मन्त्रालयमा मधेस आन्दोलनका सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीहरूले आफ्नै पार्टीसम्बद्ध नेताहरूको तस्बिर राखेका छन् ।

काँग्रेसको तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले आफ्नो कार्यकक्षमा राष्ट्रप्रमुख र प्रधानमन्त्रीको फोटोसमेत नराखेर काँग्रेसकै नेताहरूको फोटो राखेका छन् । मन्त्री यादवले आफ्नो कार्यकक्षमा बस्ने कुर्सीमाथि विपी कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्रसहितका तस्बिर राखेका छन् । जबकि यसअघि सो स्थानमा मधेस आन्दोलनका सहिदको तस्बिर थियो ।

मन्त्री यादवका स्वकीय सचिव धीरेन्द्र मोहन झाले मन्त्रीको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पहिलादेखि नै नरहेको बताए । उनले पहिलेदेखि नै रहेका मधेस आन्दोलन तथा जनआन्दोलनका सहिदहरूको तस्बिर नहटाएको दाबीसमेत गरे । उनले भने, ‘सहिदका तस्बिरलाई अर्कोतिर सारिएको छ, हटाएका होइनौँ । बरु ४ वटा तस्बिर थप गरेका छौँ ।’

उनले मन्त्रालयलाई व्यवस्थित र चिटिक्क बनाउनका लागि मुलुकमा परिवर्तन तथा आन्दोलनकारी नेताहरूको तस्बिर भित्तामा सजाइएको बताए । उनले भने, ‘उहाँहरूको योगदान मधेसको विकासमा रहेकाले सम्मानस्वरुप तस्बिर राखिएको हो, सहिदको तस्बिरलाई अर्कोतर्फ राखिएको छ भने मन्त्रीजीको कुर्सीभन्दा माथि बिपी कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र र सहिद दुर्गानन्द झाको फोटो राखिएको छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पहिलादेखि नै मन्त्रालयमा नरहेको बताउँदै उनले आफूहरूले दुवैको तस्बिर राख्ने तयारी गरेको जानकारी दिए ।

यस अघिका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने मधेस आन्दोलन तथा जनआन्दोलनका सहिदहरूको तस्बिर राखेका थिए । प्रायः मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने परम्परा छ । अन्य देशहरूमा समेत मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन छ ।

डा। रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि काँग्रेसका भ्रातृसंगठन नेपाल विद्यार्थी संघले पनि विभिन्न सरकारी कार्यालयमा राष्ट्रपतिको तस्बिर राख्नुपर्ने अभियान नै सञ्चालन गरेको थियो । तर अहिले काँग्रेसले आफ्नो भागमा परेका मन्त्रालयमा काँग्रेससम्बद्ध नेताहरूका तस्बिर राखे पनि राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको तस्बिरलाई भने बेवास्ता गरेको छ ।

मन्त्री यादवले मधेस तथा जनआन्दोलनका सहिदको तस्बिर हटाएकोमा मधेस आन्दोलनकारी सरोज मिश्रले आलोचना गरेका छन् । उनले मधेस तथा जनआन्दोलनमा भएका सहिदहरूले गर्दा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीले सहिदकै अपमान गरेको बताए ।

सत्तारुढ जसपाभित्र कलह बढ्दै जाँदा मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीनजना राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए । लगत्तै उनले काँग्रेसलाई ३ वटा मन्त्रालय दिइ सरकारमा सहभागी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]