२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

नगरप्रमुखद्धय साह र कुशवाहलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ असार । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा कुमार चुँडालको एकल इजलासले आज साह र कुशवाहलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । “प्रस्तुत विवाद कानूनको गम्भीर व्याख्या निहित रहेको, निवेदकहरुले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको एवं निज समेत संलग्न भई अर्को दल गठन गरेको एकीन देखिएन”, आदेशमा भनिएको छ,“ निर्वाचन आयोगको सूचना लगायतका काम कारबाही पत्राचार समेत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु, नगराउनु ।”

आदेशमा नेकपा ९माओवादी केन्द्र० छाडेर अर्को दलमा प्रवेश गरेको र राजीनामा दिएको यकिन नभएको अवस्थामा आयोगको निर्णय कार्यान्वयन नगर्ने भनिएको छ । प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत आदेशमा भनिएको छ ।

नेपालको संविधानले संघीय संसदका सदस्य एवम् प्रदेश सभाका सदस्यको दल त्याग सम्बन्धी व्यवस्था र स्थानीय कार्यपालिकाका नगरप्रमुख लगायतहरूको दल त्याग सम्बन्धी व्यवस्था नै नितान्त भिन्न आधार र अवस्थाबाट गरेको देखिएको आदेशमा छ ।

माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा नगरप्रमुखहरु साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो। सो पार्टीको पत्रका आधारमा आयोगले यही असार ११ गते उहाँहरुलाई पदमुक्त भएको सूचना सार्वजनिक गरेको थियो ।

सोही विषयलाई लिएर नगरप्रमुख द्धयले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यसको प्रारम्भिक सुनुवाइले नगरप्रमुख द्धयलाई तत्काल नहटाउन आदेश जारी गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]