१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

निर्माणाधीन कमला नदीको पुल भासिएपछी

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ असार।धनुषा – सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तरगत निर्माणधीन कमला नदिअको पुल भासिएको छ ।

नदीमा आएको अत्याधिक बहाबसँगै १० वर्षदेखि निर्माणाधीन पुल बिहीबार  दिउँसो दुई फिट मुनी भाँसिएको हो ।

१२ वटा स्पान र १३ वटा पायामध्ये सिरहातर्फवाट दोस्रो पाया भासिएको हो । २०६८ सालमा पप्पु लुम्बिनी बिलर्डस जेभीले निर्माण थालेको पुलको काम सक्न अझैं बाँकी रहेको छ ।

७ वर्षसम्म पप्पु कन्स्ट्रकसनले सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिलर्डसलाई जिम्मेवारी सुम्पेको थियो ।

विगत तीन वर्षदेखि लुम्बिनी बिलर्डसले पुल निर्माणको काम गर्दै आएको थियो । पुल निर्माणको काम ९५ प्रतिशत मात्र पूरा भएको छ ।

चार सय ७० मीटर लम्बाई रहेको पुल भासिएपछि साउन दोस्रो साता उद्घाटन गरी यातायात संचालन गर्ने योजना तुहिएको छ ।

सतर्क रहन प्रशासनको आग्रह

यता जिल्ला प्रशासन कार्यालय सिरहाले कमला नदीको तटीय क्षेत्रका स्थानीयलाई कमला नदीमा पानीको बहाब उच्च रहेकोले सर्तक रहन आग्रह गरेको छ ।

नदीमा दुई मिटर वढी पानीको बहाब वढेको र तटबन्धलाई जोखिम पु¥याउन सक्ने भन्दै सर्तक रह्न आग्रह गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]