०१ मंसिर २०८२, सोमबार
17-11-2025 , Mon
×

भासिएको कमला पुलको माथिको भागनै पानीमा

Logo
प्रकाशित शुक्रबार, आषाढ १८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ असार ।धनुषा- सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला नदिमा निर्माणको अन्तिम चरणमा रहेको पुलको भासिएको पिलरमा शुक्रवार थप क्षति भएको छ ।

भाँसिएको पिलर माथिको ७० मिटर भाग पूर्ण रुपमा नदिमा भासिएको छ ।

बिहिवारको बाढीमा पुलको सिरहा जिल्ला तर्फवाट दोश्रो पिलर भासिएकोमा पुलको माथिको भाग नै पानीमा बसेको छ ।

यसै बीच धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको नेतृत्वमा रहेको टोलीले कमला पुलको अवस्थाको बारेमा शुक्रवार स्थलगत रुपमा अनुगमन गर्नु भएको छ ।

टोलीमा हुलाकी सडक आयोजनाका ईन्जिनियर वेचन भण्डारी, कमला नदि नियन्त्रण आयोजनाका प्रमुख डिभिजनल ईन्जिनियर एकराज भट्टराई, धनुषाका प्रहरी उपरीक्षक प्रकाशराना भाट, शसस्त्र प्रहरी नायव उपरीक्षक निर्मल खडका, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अभिनय सिंह, नेपाल रेडक्रस धनुषाका सभापति नरेशप्रसाद सिंह सहितको टोलीले भासिएको भागसम्म पुगेर अनुगमन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]