१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

धनुषाका सिडियो भन्छन् : कमला पुल भत्किनु राष्ट्रकै लागि ठूलो क्षति

Logo
प्रकाशित शनिबार, आषाढ १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असार। धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्धुप्रसाद बास्तोलाले भासिएको सिरहा–धनुषा जोड्ने कमला पुलको शुक्रवार निरीक्षण गरेका छन् ।

निरीक्षणपछि प्रजिअ बास्तोलाले सञ्चालनको तयारी भइरहेको बेला पुल भत्किनु राष्ट्रकै लागि क्षति भएको उनले बताए।

उनले भने, ‘मैले आयोजनासँग बुझेअनुसार हस्तान्तरण गरी नसकेको अवस्था रहेकाले ठेकेदार कम्पनीले नै पुल पुनः निर्माण गर्नुपर्ने हुन्छ ।’ ‘राज्यलाई आर्थिक रुपमा क्षति नभएपनि ढिलो सञ्चालनमा आउनु पनि क्षति हो’, उनले भने, ‘प्राविधिकले यसमा अविलम्ब छानविन गरी यथार्त कुरा सार्वजनिक गर्नुपर्छ ।

म पनि त्यही हिसावले रिपोर्टिङ र प्रतिवेदन बुझाउछु ।’ ४७० मिटर पुल ४२ महिनामै बनाउने गरी पप्पु–लुम्बिनी जेभीले २०६८ सालमै झण्डै २५ करोडमा ठेक्का लिएको थियो । अहिले भासेको पिलर पप्पुले नै बनाए । पछि घाटा लाग्ने देखेपछि पप्पुले हात झिक्यो ।

त्यसपछि लुम्बिनी बिल्डर्सले माथिको काम गराएको छ । १२ पिलरमध्ये सिरहा तर्फबाट दोस्रो पिलर बिहीवार विहान भासियो । शुक्रवार बीचको एउटा अर्को पिलर पनि भासिएको स्थानीयले बताएका छन् । पिलर भासिएपछि पैदल आवत–जावतमा पनि रोक लगाइएको छ । यद्दपी शुक्रवार जोखिम मोलेर पनि मानिसहरु आवत जावत गरिरहेको देखियो । पिलर भासिएपछि पुल सञ्चालन अनिश्चित बनेको छ । भासिएको ठाउँमा पुनः पिलर निर्माण गर्न बर्षौ लाग्नेछ ।

अब पुल सञ्चालन हुन्छ र जोखिम यात्रा गर्ने बाध्यता समाप्त हुन्छ भन्ने आशा स्थानीयको थियो । तर पुल भासिएपछि सिरहा–धनुषाका लाखौं मासिन चिन्तित बनेका छन् ।हुलाकी सडक आयोजनाका ईन्जिनियर वेचन भण्डारी, कमला नदि नियन्त्रण आयोजनाका प्रमुख डिभिजनल ईन्जिनियर एकराज भट्टराई, धनुषाका प्रहरी उपरीक्षक प्रकाशराना भाट, शसस्त्र प्रहरी नायव उपरीक्षक निर्मल खडका, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अभिनय सिंह, नेपाल रेडक्रस धनुषाका सभापति नरेशप्रसाद सिंह सहितको टोलीले भासिएको भागसम्म पुगेर अनुगमन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]