३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

विभिन्न जिल्लामा आठ मृत फेला

Logo
प्रकाशित शनिबार, आषाढ १९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१९ असार । प्रहरी प्रधान कार्यालयका अनुसार आज मुलुकका विभिन्न जिल्लामा आठ जना मृत फेला परेका छन् ।

केहीको सनाखत भएको र केहीको पहिचान खुल्न सकेको छैन । झापा, भद्रपुर नगरपालिका–९ मा ६५ वर्षीय धनसिंह राजवंशी सोही ठाउँस्थित माछा पोखरीमा डुबेरको अबस्थामा फेला परेका छन् । घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला थियो ।

यस्तै पर्सा, छिपहरमाई गाउँपालिका–३ सानो जयमङ्गलाका ५० वर्षीय किशोरी साह कानु आफ्नै घरको भूईँमा मृत फेला परेको प्रहरीले जनाएको छ । ईलाम, चुलाचुली गाउँपालिका–२ बस्ने ३१ वर्षीय दिनेश आचार्य घर नजिकै पानी जमेको खेतमा मृत फेला परेका छन् ।

अर्घाखाँची, मालारानी गाउँपालिका–४ खलारा बस्ने ८८ वर्षीय चन्द्रबहादुर खत्री सोही ठाउँस्थित सामुदायिक वनमा मृत भेटिएका छन् ।

पाँचथर, मिक्लाजुङ गाउँपालिका–५बस्ने ५० वर्षीय मिलन राई आफ्नै घरमा र तेह्रथुम, म्याङ्लुङ नगरपालिका–८ कोबेकस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका एक पुरुष मृत भेटिएका हुन् ।

यस्तै चितवन, रत्ननगर नगरपालिका–७ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष र भरतपुर महानगरपालिका–२ पुल्चोकस्थित सडक छेउमा पहिचान नखुलेकी एक महिला मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उता महोत्तरी, जलेश्वर नगरपालिका–९ प्रकौली नजिक नालामा अर्का एक पूरुष पनि मृत भेटिएका छन् । सबै घटनाका विषयमा सम्बन्धीत क्षेत्रका प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]