१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

कसैले घुस माग्यो ? तत्काल अख्तियारमा खबर गर्नू’

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ असार । कुनै सरकारी कार्यालयका हाकिम तथा अन्य कर्मचारीले केही काम गरिदिएबापत वा काम गर्न तपाईसँग घुस मागेर हैरान पारेका छन् ?

यदि कसैले त्यसरी घुस मागेर हैरान पारेका छन् भने तुरुन्त अख्तियारमा खबर गरेमा अख्तियारले पक्राउ गरी कारबाही चलाउने अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्यिारले त्यस्तै सूचनाका अधारमा पछिल्लोपटक राष्ट्रिय पुननिमार्ण प्राधिकरण जिल्ला आयोजनामा कार्यान्वयन इकाइ ओखलढुंगाका सबइन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरी कारबाही अघि बढाएको छ ।

पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निमार्णको तेस्रो किस्ता भुक्तानी गरिदिएबाफत सेवाग्राहीसँग ३० हजार मागेर हैरान पारेको थिए । सेवाग्राहीले त्यसको जानकारी अख्तियारलाई दिएर उनी आफैले ३० हजार दिएपछि अख्तियारको टोलीले पासवानलाई सेवाग्राहीको रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता रिसालले अख्तियारले १४ वैशाखयता सेवाग्राहीको सूचनाका आधारमा सेवाग्राहीले रकम दिएपछिको अवस्थामा तीन जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]