१७ बैशाख २०८२, बिहिबार
01-05-2025 , Thu
×

जसपा विभाजन : सत्ताको लुछाचुँडीमा विभाजित श्रृंखलाको निरन्तरता मात्र

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२२ असार । अन्ततः निर्वाचन आयोगलाई साक्षी राखेरै जनता समाजवादी पार्टी(जसपा)का नेताहरूले एकै पार्टीमा नरहने औपचारिक घोषणा गरेका छन् ।

२०७७ वैशाख ११ गते रातारात एकीकृत भएको जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोको सत्ता मोह तथा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको सत्ता विरोधी मोर्चासँगको हिमचिमले पार्टी विभाजित हुने तहमा पुगेको हो । जसपा कानूनतः दुई चिरा हुने गरी निर्वाचन आयोगले प्रक्रिया अघि बढाएको छ ।

मै आधिकारिक हुँ भन्दै मंगलबार निर्वाचन आयोगको शरणमा पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले अब एउटै दलमा सँगै रहनै नसक्ने स्पष्ट पार्नुभयो । पार्टीको नाम, झण्डा, चुनाव चिन्ह आफूले नेतृत्व गरेको समूहले पाउनुपर्ने जिकिरसहितको पत्रसमेत दुवै पक्षले आयोगलाई बुझाइसकेका छन् ।

केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने ठाकुर पक्षको अडान र विपक्षी मोर्चासँग हातेमालो गर्ने यादव पक्षको अडानले जसपा विभाजनको तहमा पुगेको हो । लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेश सरकार जोगाउने र गिराउने खेलमा दुई अध्यक्षको फरक–फरक अभ्यासले विभाजनको रेखा फराकिलो बन्दै गयो ।

एकले अर्को पक्षलाई कारबाही गर्ने लामो सिलसिलापछि अन्ततः दुई पक्षले आफूलाई एकता अघिको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीकै कित्तामा उभ्याएका छन् । जसपाभित्रकाे यादव समूहले पार्टी एकताकाे लागि पाँचवटा शर्त राख्दा ठाकुर समूह भने अहिलेकाे अवस्थामा छुट्टिनु नै जायज हुने पक्षमा छ । मिलेर बस्न नसक्ने भएपछि छुट्टिनु नै उत्तम हुने ठाकुर पक्षीय नेता केशव झा बताउनुहुन्छ ।

ठाकुर र यादव पक्षले एक ठाउँमा नबस्ने घोषणा गरेसँगै जसपा विवादमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ६ आकर्षित भएको छ । अब बहुमत सिद्ध पक्षलाई निर्वाचन आयोगले आधिकारिता दिनेछ, जसका लागि आयोगले इजलास गठन गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ बताउनुहुन्छ ।

राजनीतिक दल विभाजन सहज हुने गरी प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएसँगै २०७७ सालको वैशाखमा एकीकृत बनेका दुई दल त्यति बेला किन जुटे भन्ने औचित्य पुष्टि हुन सकेको छैन । एकताको औचित्य पुष्टि नहुँदै विभाजनमा पुगेका जसपाका नेताहरू पहिचानको नारामा अलापेर मधेशको नाममा राजनीति गरिरहेका छन् ।

मधेशको नाममा खुलेका दलहरू सत्ताको लुछाचुँडीमा फसेर विभाजित हुने श्रृंखला लामो समयदेखि चलिरहेको छ । जसपा विभाजन त्यही श्रृंखलाको निरन्तरता हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]