१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

सिरहामा चार जना फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ २३, २०७८

न्यूजमधेश डेस्क
लहान ,२३ असार । कर्तव्य ज्यान मुद्दामा अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट छ महिना कैद र रु ५०० जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ४३ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहाको नरहा गाउँपालिका–३ चौहर्वा खरी टोलका ४५ वर्षीय खैरुन खातुन, २५ वर्षीय सलमान आलम र २१ वर्षीय मो आलमलाई आजै प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा फरार तीनै जनालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]