०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

कमला पुलको ठेक्का रामचन्द्र झा निर्वाचित हुँदा लगाएका थिए : निवर्तमान मन्त्री अरगरिया

Logo
प्रकाशित बुधबार, आषाढ २३, २०७८

मनोज मोरबैता
जनकपुरधाम,२३ असार । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले एक साताअघि भत्किएको कमला पुलमा ठेकेदारको लापर्वाही रहेको बताएका छन् । १० बर्षअघि निर्माण शुरु भएको पुलमा तत्कालिन पप्पु कन्सट्रक्सनले लापर्वाही गरेका कारण पुल भत्किएको उनले बताए ।

‘विजय गच्छदारजी भौतिक मन्त्री हुँदा पुलको डिपिआर बनेको थियो’ गृह जिल्ला धनुषा आएका अरगरियाले बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, “रामचन्द्र झाजी संविधान सभा साभासद हुँदा पुलको ठेक्का लागेको थियो । तर ठेक्का लिने पप्पु कन्सट्रक्सनले लापर्वाही गरेपछि आफू जित्दा उसको ठेक्का बदर गराएँ ।”

पुल भत्किएको सम्बन्धमा छानबिन भइरहेको बताउँदै उनले अब भत्किएको पुललाई सरकारले नभई ठेकेदारले नै बनाउनुपर्ने बताए । ‘सरकारको तर्फबाट अबिलम्ब पुल निर्माणका लागि ठेकेदारलाई आदेश दिइसकिएको छ’ उनले भने ।

अरगरियाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलियतातिर उन्मुख हुने समेत बताए ।

केपी ओली नेतृत्वको सरकारमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अरगरियाले बिभिन्न दलबाट अलग भएर सांसदहरु देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए ।

मन्त्री पद गुमाएर आफ्नो गृह जिल्ला आएका अरगरियालाई स्थानीयले स्वागत गरेका छन् । विमानस्थल पुगेका उनका समर्थकहरुले माला लगाएर उनको स्वागत गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]