२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

नेपाली वैज्ञानिक सक्षम छन् : प्रधानमन्त्री ओली

Logo
प्रकाशित बिहिबार, आषाढ २४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को आज आयोजित सम्मान कार्यक्रममा प्रतिष्ठानका कुलपति ओलीले हरेक नागरिकलाई आफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बतानुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अभाव र विभेदरहित, शान्त सभ्य र मानवीयतायुक्त समाज आवश्यक भएको बताउँदै उहाँले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिककालमा रहेको समतामूलक समाज जरुरी भएको धारणा उहाँको थियो ।

“हामीे मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौँ भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ”, उहाँको भनाइ थियो । देशमा शिक्षा आर्जन गर्ने अधिकरार ७० वर्षअघि मात्रै प्राप्त भए पनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको भनाइ पनि प्रधानमन्त्रीको थियो । यसै क्रममा देशले विसं २०४० देखि प्राविधिक शिक्षाको शुरुआत, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा नेपाली वैज्ञानिकले खोज अनुसन्धान शुरु गर्न थालेको पनि उहाँले बताउनुभयो ।

देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोसं्रो मिर्गौला प्रत्यारोपण स्वदेशमै सफल भएको भनाइ प्रधानमन्त्रीको थियो । उहाँले भन्नुभयो, “हाम्रा डाक्टरहरू अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरूले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीेले गर्छौँ ।” पहिलो पटक गर्दा बारम्बार सङक्रमणले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपणपछि भने त्यस्तो सङ्क्रमण झेल्नु नपरेको र १२÷१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उहाँले स्मरण गर्नभयो ।

प्रधानमन्त्रीले नेपालीमा पुर्खाबाट आएको आनुवंशिक ज्ञानका आधारमा नव प्रतिभाहरूबाट विज्ञानका ठूला अनुसन्धान हुनसक्ने समेत बताउनुभयो । परापूर्व कालमा औषधि विज्ञानका क्षेत्रमा महर्षी चरकको असाधारण योगदान, शल्यचिकित्साको क्षेत्रमा संहिताको विकास भएको समेत उहाँले उल्लेख गर्नुभयो । पूरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणितज्ञ भाष्कराचार्यले गरेको योगदान समेत उल्लेख गर्दैै प्रधानमन्त्रीले नेपाली प्रतिभा प्रष्फुटनका लागि थुप्रै स्थान बाँकी रहेको बताउनुभयो ।

विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमीनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उहाँको थियो । उहाँले भन्नुभयो, “सन् १९७० को दशकसम्म अन्न उत्पादन नहुने भएकाले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ र त्यहाँ काम गर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमूनायोग्य काम गरिहेका छन् ।” हामी कहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दैै उहाँले यसका लागि आत्मविश्वास पैदा गर्नु जरुरी रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत विसं २०७७ को नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाइमा प्रवद्र्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नुभएको थियो ।

यसै गरी उहाँले हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेवापत उत्तमबाबु श्रेष्ठ लाई विज्ञान प्रविधि पुरस्कार तथा कोभिडसम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन उपत्यकाको भूमिगत जल सञ्चयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा डा आनन्द मिश्रलाई धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे वापत, डा अनुपमान श्रेष्ठलाई बालिरोग नियन्त्रणमा जैविक विषादीसम्बन्धी अनुसन्धान गरेबापत र डा सागर रेग्मीलाई क्यान्सर र व्यायमको अन्तरसम्बन्धसम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो । यसैगरी महिला विज्ञान पुरस्कार डेङ्गु रोगको फैलनमा तापक्रमको भूमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो ।

विद्यालयमा विज्ञान शिक्षाको प्रवद्र्धन गरेवापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्दप्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]