१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

जनमतका युवाहरु सडक मर्मतको माग गर्दै हिलाम्मे सडकमै धान रोपियो

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही,२५ असार । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाँउपालिकाको एक सडकमा जनमत पार्टीका युवाहरुले बिहिबार हिलाम्मे सडकमा धान रोपेका छ्न ।

असारे बिकासमा फसेका कोटहीमाई गाँउपालिकाका जनप्रतिनिधिहरुले वडा नं २ को भुवरी गाँउको सडक मर्मत गर्नको लागी ध्यान नदिएको भन्दै हिलाम्मे सडकमै धान रोपाई गरेका हुन ।

रोपाई गर्दै उनीहरुले भने, ‘हरेक बर्षायाममा हामी जनता हिलाम्मे बाटो भएर हिडन बाध्य भएका छौं । हाम्रो हाथखुट्टा भाचिने गरि तथा सवारी साधन लिएर पल्टिने र भासिने बाटो भएको हुदाँ जनमत पार्टीका सदस्य पवन कुमार मौर्या, राम जीवन मौर्याको अगुवाई र स्थानीय युवाहरुले धान रोपाइ गरिएको हो ।’

सम्बन्धित वडामा पटक पटक जानकारी गराउदा पनि ध्यान नदिएको हुदाँ अब धान रोपाई बाहेक अरु बिकल्प नरहेको जनाउदै विरोध प्रदर्शन गरिएको जनमत पार्टीका नेता संजय कुमार मिश्रले बताएका छन ।

भ्रष्टाचार र अनियमितता विरुद्ध आफुहरुले सधै अवाज उठाउदै आएका र आगामी दिनहरुमा पनि यसको विरुद्व बिरोध गरिरह्ने जनमत पार्टीका नेता संजय कुमार मिश्राले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]