२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

जापानद्धारा ताइवानलाई ११ लाख ३० हजार खोप प्रदान

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजमधेश डेस्क
ताइपेइ,२५ असार । जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो ।

ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप उपलब्ध गराइ दिएकोमा जापानलाई धन्यवाद दिनुभयो । जापानले उपलब्ध गराएको खोपका कारण ताइवानमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले भने ताइवानलाई जापानले गरेको सहयोग असल मित्र देशको रुपमा गरिएको बताउनुभयो ।

अप्ठ्यारोमा परेको एउटा देशलाई अर्को मित्र देशले सहयोग गर्नु स्वभावित दायित्व अन्गर्तत पर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ । उहाँले जापानले दिएको खोपले ताइवानमा कोरोनाभाइरसको महामारी न्युनिकरणकालागि सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

जापानले ताइवानलाई यसअघि जुन ४ तारिखका दिन पनि अष्ट्राजेनिकाकै १२ लाख ४० हजार खोप प्रदान गरेको थियो ।

चीनसँग जापान र ताइवानको सम्वन्ध कमजोर हुदै गइरहेका बेला जापानले ताइवानलाई ठूलो संकटमा राहत पुग्नेगरी सहयोग गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ । हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ । भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन् । स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ । हवन मण्डपमा बाँस […]

जनकपुरधाम । गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवनको जनमत पार्टी मधेश प्रदेस संसदीय दलको नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादवले एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । राजविराज नगरपालिका-२ मा निर्माण गर्न लागिएको सो भवन तथा संग्रहालयको मधेश प्रदेस सभा सदस्यसमेत रहेका यादवले शुक्रबार शिलान्यास गरेका हुन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आफ्नो […]

काठमाडौं। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ। संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्। उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको […]