२३ साउन २०८२, शुक्रबार
08-08-2025 , Fri
×

एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक, आजै पूर्णता दिइने

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ असार । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमति नजिक पुगेको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा तीन घण्टादेखि जारी वार्ता सहमतिनजिक पुगेको नेपाल पक्षीय वार्ता टोली सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’

मस्यौदामा उठेका बुँदामा पार्टीका नेताहरूले राखेका धारणा र सुझावलाई राखेर पूर्ण बनाउने काम भइरहेको पन्तको भनाइ छ । कार्यदलका सदस्यहरू आफ्ना नेताहरूप्रति उत्तरदायी हुने भएकाले वार्तामा भएका सहमतिमा नेताहरू पनि सहमत हुने उहाँको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]