२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक, आजै पूर्णता दिइने

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ असार । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमति नजिक पुगेको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा तीन घण्टादेखि जारी वार्ता सहमतिनजिक पुगेको नेपाल पक्षीय वार्ता टोली सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’

मस्यौदामा उठेका बुँदामा पार्टीका नेताहरूले राखेका धारणा र सुझावलाई राखेर पूर्ण बनाउने काम भइरहेको पन्तको भनाइ छ । कार्यदलका सदस्यहरू आफ्ना नेताहरूप्रति उत्तरदायी हुने भएकाले वार्तामा भएका सहमतिमा नेताहरू पनि सहमत हुने उहाँको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]