१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

वडा सभापतिहरुलाई सदस्यता फारमै नदिई क्षेत्रीय सम्भापतिले सदस्यता थपे

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

उपेन्द्र यादव
बारा ,२५ असार । नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नवीकरण गर्न फारम नदिएको आरोप लगाएका छन्।

क्षेत्रीय उपसभापति र १३ जना वडा सभापतिहरुले शुक्रबार कलैयामा पत्रकार सम्मेलन गरी क्षत्रीय सभापति रामप्रवेश यादवले वडा सभापतिहरुलाई सदस्यता फारम नदिएर आफै किर्ते गरी नयाँ सदस्यता थपेको र र पुरानो सदस्यता नवीकरण गरेको आरोप लगाएका हुन्।

काँग्रेसको विधान अनुसार केन्द्रबाट आएको सदस्यता फारमहरुलाई जिल्ला पार्टी सभापतिबाट बुझेर क्षेत्रीय सभापतिले वडा सभापतिहरुलाई जिम्मा लगाउनु पर्ने र वडा समितिबाट निर्णय भएर आएकाहरुको सदस्यता थप्नुपर्ने वा नवीकरण गर्नुपर्ने नियम भए पनि निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडा सभापतिहरुलाई विधानले दिएको अधिकार समेत प्रयोग गर्न काँग्रेस पार्टीलाई कमजोर बनाउनेहरुकै सदस्यता थपिएको र पुरानो नवीकरण गरिएको आरोप पत्रकार सम्मेलनमा वडा सभापतिहरुले लगाएका छन्।

२ नम्बर क्षेत्रमा रहेका ४४ वटा वडा सभापतिहरुलाई क्षेत्रीय सभापतिले काँग्रेसको विधानअनुसार नयाँ र नवीकरण सदस्यता दिएर वडा समितिबाट निर्णय गराउनुको सट्टा वडा सभापतिहरुको नक्कली हस्ताक्षर गरेर नयाँ सदस्यता थपिएको र पुराना सदस्यहरुको नवीकरण गरिएको आरोप पचरौता नगरपालिका वडा नम्बर १ का सभापति शिवनारायण सिँहले लगाए।

पत्रकार सम्मेलनमा महासमिति प्रतिनिधि रहेका राजेश रौनियारले क्षेत्रीय सभापति रामप्रवेश यादवले केन्द्रीय सदस्य तथा २ नम्बरका पार्टीका प्रत्यक्षी राधेचन्द यादवले वडा सभापतिहरुलाई नयाँ र पुराना सदस्यता फारम नै नदिएर तानाशाही तरिकाले काँग्रेसको सदस्यता ईन्ट्री गरेको आरोप लगाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]