०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

कार दुर्घटनामा एमाले नेताको निधन

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ असार। नेकपा एमाले झापाका युवा नेता ज्ञानु प्रसाइको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराका श्रीमान् प्रसाइको आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार झापास्थित चारआली–चन्द्रगढी सडकखण्डको देवकोटा चोकमा दुर्घटना भएको र दुर्घटनामा घाइते प्रसाईंको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रसाईं नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष हुन् ।

झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्ड वालमा प्रसाईं सवार कार ठोक्किएको थियो ।

सो क्रममा उनको बायाँ खुट्टामा चोट लाग्नुका साथै शरीरको भित्री भागमा दखल पुगेको थियो ।

दुर्घटनामा परेको कार पनि क्षतिग्रस्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]