१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

प्रदेश २ सरकारले कार्यकर्ता पाल्न र कमिसन खाने योजना ल्याएको सांसद थापाको आरोप

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असार । नेकपा (एमाले)की सांसद शारदा थापाले प्रदेश २ सरकारले कार्याकर्ता पाल्न र कमिसन खाने योजना ल्याएको आरोप लगाएकी हुन ।

शनिबारको प्रदेशसभा बैठकमा सांसद थापाले बजेटमा बह्मलुट गर्ने योजना समावेश गरिएको भन्दै कटाक्ष गरेकी हुन् । “लुट्न सके लुट प्रदेश–२ मै छ छुट,” उनले भनिन् ।

सरकारले कार्यकता पाल्न र कमिसन खाने हिसाबले योजना ल्याएको आरोप उनले लगाइन् । सांसदले संसद्मा उठाएको मुद्दालाई सरकारले बेवास्ता गरेको उनको भनाइ थियो ।

जनता आवास कार्यक्रम अलपत्र रहेको उदाहरण दिँदै उनले सरकारले समयमा बजेट उपलब्ध नगराएकोप्रति आपत्ति जनाइन् । सरकारले तेस्रो किस्ताको रकम नपठाउँदा असारको वर्षामा गरिबको बिजोग भएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]