१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

प्रदेश २ सरकारले कार्यकर्ता पाल्न र कमिसन खाने योजना ल्याएको सांसद थापाको आरोप

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असार । नेकपा (एमाले)की सांसद शारदा थापाले प्रदेश २ सरकारले कार्याकर्ता पाल्न र कमिसन खाने योजना ल्याएको आरोप लगाएकी हुन ।

शनिबारको प्रदेशसभा बैठकमा सांसद थापाले बजेटमा बह्मलुट गर्ने योजना समावेश गरिएको भन्दै कटाक्ष गरेकी हुन् । “लुट्न सके लुट प्रदेश–२ मै छ छुट,” उनले भनिन् ।

सरकारले कार्यकता पाल्न र कमिसन खाने हिसाबले योजना ल्याएको आरोप उनले लगाइन् । सांसदले संसद्मा उठाएको मुद्दालाई सरकारले बेवास्ता गरेको उनको भनाइ थियो ।

जनता आवास कार्यक्रम अलपत्र रहेको उदाहरण दिँदै उनले सरकारले समयमा बजेट उपलब्ध नगराएकोप्रति आपत्ति जनाइन् । सरकारले तेस्रो किस्ताको रकम नपठाउँदा असारको वर्षामा गरिबको बिजोग भएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]