१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

नापी कार्यालयमा कार्यालय प्रमुख सिंहले अफिसभित्रै दारु पार्टी र डिजे डान्स

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,२६ असार । प्रदेश नम्बर २ को एक नापी कार्यालयमा कार्यालय प्रमुखले अफिसभित्रै दारु पार्टी र डिजे डान्स गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

प्रदेश नम्बर २ को सिरहाजिल्ला लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

असार मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नापी कार्यालयका कार्यालय प्रमुख सँजय सिँहले शनिबार (आज) कार्यालयभित्रै मदिरा पार्टी गरेको हो ।

सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रमुख नै आफ्नो कार्यालयमै दारु पार्टी गरेको फोटोहरु सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।

जानकारी अनुसार, कार्यालय प्रमुख सिँहको विदाई कार्यक्रम समेत रहेको भन्दै कार्यालयभित्रै दारु पार्टी गरेको हो । तस्विरमा देखिए अनुसार, कार्यालयभित्रै दुई टेबललाई जोडेर ग्रीन सिग्नेचर (रक्सीको ब्राण्ड) को बोतल सहित ग्लासमा समेत मदिरा देखिएको छ ।

सोही कार्यालयमा कार्यरत कर्मचारी सरोज कुमार मण्डलले राखेको तस्विरहरुमा कार्यालयभित्रको नेमप्लेट समेत देखिएको हो । कार्यालयभित्रै दारु पार्टीको तस्विर सार्वजनिक भएको केही घण्टामै सरोज मण्डलले सो तस्विरहरु हटाएका छन् ।

सरकारी कार्यालयमा मदिरा पार्टीपछि प्रशासनले के कस्तो कारवाही गर्ने भनेर कौतुहुल्ता आम नागरिकमा जागेको छ । यता, सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले इलाका प्रशासन कार्यालय लहानलाई जानकारी गराएको र यसबारे रिपोर्ट गर्न निर्देशन दिएको बताए । न्यूज ब्यूरोमा बिजय कुमार महतोले लेखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]