२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रदेश.२को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने

Logo
प्रकाशित मंगलबार, आषाढ २४, २०७६

प्रमोद कुमार साह , जनकपुरधाम । प्रदेश नं. २को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जनाउनु भएको छ । बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुर स्थित संघीय कोलेनिकाका प्रमुख डा. विरेन्द्र मिश्र, राष्ट्रबैंक जनकपुरको प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत संजय सरदार सदस्य सचिव रहेका छन ।

कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तैयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन । कार्यदलका संयोजक डा. हरिवंश झाले अवधारणा पत्र माथिको छलफल शुरु भै सकेको र सम्भवतः यसै साता अन्तिम रुप पाउने बताउनु भएको छ ।को सरकारले आफनै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जनाउनु भएको छ । बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा। हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुर स्थित संघीय कोलेनिकाका प्रमुख डा। विरेन्द्र मिश्र, राष्ट्रबैंक जनकपुरको प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत संजय सरदार सदस्य सचिव रहेका छन ।

 

कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तैयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन । कार्यदलका संयोजक डा। हरिवंश झाले अवधारणा पत्र माथिको छलफल शुरु भै सकेको र सम्भवतः यसै साता अन्तिम रुप पाउने बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]