०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

कतार प्रवेश गर्नेहरुका लागि आजबाट नयाँ स्वास्थ्य मापदण्ड लागू

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

न्यूजमधेश डेस्क
दोहा, २८ असार । नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तब्य मानिएको कतारले आजदेखि आफ्नो मुलुक प्रवेश गर्नेहरुका लागि नयाँ नियम लागू गरेको छ ।

पछिल्लो समय कोरोना महामारी घट्दैन गएपछि कतार सरकारले नयाँ स्वास्थ्य मापदण्ड आजदेखि लागू गरेको हो ।

अब कतारले मान्यता दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएकाहरुले भने क्वारेन्टाइन बस्नु नपर्ने भएको छ ।

कस्तो व्यक्तिले क्वारेन्टाइन बस्नुपर्छ वा पर्दैन्रु ?

कतारले मान्यता दिएको फाइजर बायोन्टेक, मोडर्ना, एस्ट्राजेनिका र जोनसेन एण्ड जोनसेन खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएकाहरुले क्वारेन्टिन बस्नु नपर्ने जनाइएको छ ।

तर कतारमा मान्यता प्राप्त नभएको कुनै पनि भ्याक्सिनको दुवै डोज ९जस्तै सिनोफर्म,भेरासेल,कोविसिल्ड आदि० लगाइसक्नु भएको छ भने पनि १० दिन होटल क्वारेन्टाइन भने बस्नु पर्नेछ।

नेपाललाई कतारले हालसम्म पनि रेड जोनको सूचीमै राखेको हुनाले खोप नलगाई प्रवेश गर्ने नेपालीले १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने छ ।

यसरी कतार आउदा ७२ घन्टा अगाडिको पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ। नेपालबाट कतार फर्कनु १२ घण्टा अगाडी एह्तेराज डट क्युएमा गएर आफ्नो यात्रा रजिस्टर गरेर मात्र प्रवेश पाइनेछ ।

माथि उल्लेखित खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएका व्यक्तिलाई भिजिट भिसा,पर्यटन भिसा र पारिवारिक भ्रमण गर्ने व्यक्तिहरुले पनि क्वारेन्टाइन बिनै सहजै प्रवेश पाउने छन् ।

कतारमा कोरोना संक्रमण भइ निको भएका १२ महिनाभित्र यात्रा गर्ने यात्रुले पनि क्वारेन्टिन बस्नु नपर्ने दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

यसैगरी कतारले अजैदेखि लागू हुने गरी महामारीका कारण मुलुक बाहिर फेसका वा विभिन्न समयमा छुट्टिमा गई ६ महिनाभित्र कतार फर्किन चाहनेलाई ‘इन्ट्री परमिट’ नचाहिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]