१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

संचारकर्मी साह र अधिकारीसहित चार जनालाई युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

Logo
प्रकाशित बुधबार, आषाढ ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, ३० असार । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको अप्पन टेलिभिजनका समाचार प्रमुख अजय साह शिवाली र काठमाडौंमा रहेका आयोमेलका सम्बादाता शिव अधिकारी `यदुवंशी´सहित चार पत्रकारलाई नेपाल सरकारले युवा पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरेको छ ।

संघीय युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालयमा बुधबार एक कार्यक्रम गरी पत्रकारहरू शिवाली, डोलराज रानाभाट, शिवकुमार अधिकारी र राधा नेपालीलाई पुरस्कृत गरेको हो ।

त्यस्तै, चितवन भरतपुरका रानाभाट इमेज च्यानलका सम्वाददाता हुन।क यसैगरी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी राधा नेपाली तरङ राष्ट्रिय पाक्षिकमा कार्यरत छिन् ।

कार्यक्रममा मन्त्रालयका सचिव केदार न्यौपानेले पुरस्कृत हुने सबैलाई जनही ५०–५० हजार नगद र सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

पत्रकारिताको माध्यमबाट युवा जागरण, युवा उद्यमशिलता, युवा विकासका सवाल, युवा रोजगारी तथा स्वरोजगारीका सवाल, सामाजिक विकृति, विसंगति, विभेद न्यूनीकरण तथा सामाजिक सद्भावलगायतका क्षेत्रमा योगदान पु¥याएवापत् उनीहरूलाई सम्मान गरिएको हो ।

मन्त्रालयले हरेक वर्ष युवा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]