१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

ग्रामिण क्षेत्रमा सुविधा सम्पन्न जनसेवा अस्पताल संचालनमा

Logo
प्रकाशित शुक्रबार, साउन ०१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, १ साउन । धनुषाको ग्रामिण क्षेत्रमा सुविधा सम्पन्न जनसेवा जीडी अस्पताल संचालनमा आएको छ ।

विदेह नगरपालिकाका वडा नम्बर ३ गोबराहीमा सुविधा सम्पन्न जनसेवा जी डी अस्पताल संचालनमा आएको हो । बिहीबार एक कार्यक्रमवीच विदेह नगरपालिकाका प्रमुख बेचन दासले उक्त अस्पतालको उद्घाटन गरे ।

सो अवसरमा बोल्दै नगर प्रमुख दासले अस्पताल संचालकलाई धन्यवाद दिदै यस क्षेत्रको जनतालाई अब काठमाडौं, विराटनगर, जनकपुर उपचार गराउन जानुनपर्ने विश्वास व्यक्त गरे । ‘पैसा भएका व्यक्तिहरु विराटनगर , काठमाडौंका ठूलाठूला अस्पतालमा उपचार गराउछँन्, तर विपन्न वर्गका व्यक्तिहरु पैसा नभएकै कारण उपचार बिना नै अकालमै ज्यान गुमाउन बाध्य छन्’ उनले भने, “यो अस्पताल खुलेपछि यस नगरपालिका सहित, कमला नगरपालिका, जनकनन्दिनी गाउँपलिका, औरही गाउपालिका सहितका जनताले सेवा पाउन सक्छन् ।”


जनसेवा जी डी अस्पतालका संचालक डा रतिश कुमार यादवले यस क्षेत्रका जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि १० बेडबाट अस्पताल संचालनमा ल्याएको बताए । यस क्षेत्रका जनतालाई अब काठमाडौं, विराटनगर र जनकपुर उपचार गराउन जानुनपर्ने बताए । उताका अनुभवी चिकित्सकहरुलाई बोलाएर यतानै उपचार गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

अहिले ओपिडी सेवा, २४ घण्टा आकास्मिक सेवा, भिडियो एक्सरे, ल्याब, फार्मेसी, डिलेभरी सहितका विभागबाट सेवा प्रदान गर्ने उनले बताए ।

त्यसैगरी जनसेवा जिडी अस्पतालका प्रबन्धक निर्देशक डा राजनिश यादवले जनतालाई उपचारमा कुनै समस्या हुन नदिने बताए । सबैको सल्लाह, सुझाबलाई आत्मसात गरेर अघि बढ्ने उनले बताए ।

सो कार्यक्रममा प्रादेशीक अस्पताल जनकपुरका मेसु डा प्रमोद यादव, विदेह नगरपालिकाका उपप्रमुख निलम देवी मण्डलसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि ,नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु ,स्थानीय समाजसेवी ,बुद्धिजीवीहरुले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]