०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

प्रदेश २ का मन्त्री यादव र राजमन्त्री कुशवाहाले दिए राजिनामा

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ श्रावण ।प्रदेश २ का दुई मन्त्रीले राजिनामा दिएका छन्।

माओवादीलाई सरकारमा सहभागी गराउन चलखेल पश्चात् आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन्।

मन्त्रीद्वयले राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको कुशवाहाले बताए।

शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने तयारीमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]