१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

तीन कोइराला लञ्च मिटिङमा

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२ श्रावण । १४ औं महाधिवेसनमा साँझा उम्मेद्वार तय गर्न भन्दै कोइराला परिवार लञ्च मिटिङमा बसेका छन् ।

महामन्त्री शशांक कोइराला निवास महारजगञ्जमा शशांक, शेखर र सुजता कोइराला बीच अहिले छलफल भइरहेको छ ।

शेखर कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार उनीहरु बीच मुख्य एजेण्डा आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेद्वार बनाउने विषयमा छलफल भइरहेको हो । यस्तै कृयाशिल सदस्यता छानबिनमा देखिएको समस्या र निर्धारित मितीमा महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

‘‘विशेषतः तोकिएकै समयमा महाधिवेसन हुनुपर्छ भन्नै बैठकको मुख्य विषय हो’’, सचिवालय भन्छ–‘‘संस्थापन इतरबाट साँझा सभापतिको उम्मेद्वार बनाउने विषय छुट्ने कुरै भएन ।’’

आसन्न महाधिवेशनमा कोइराला परिवारका तीनै नेताहरुले सभापतिमा उम्मेद्वार बन्ने बताइसकेका छन् । नेत्री सुजाता कोइरालाले सहमति बन्ने अवस्था आए आफू पछि हट्ने भने पनि शशांक र शेखर जुनसुकै अवस्थामा महाधिवेशन लड्ने बताइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]