०६ भाद्र २०८२, शनिबार
23-08-2025 , Sat
×

प्रदेश २ का नवनियुक्त मन्त्रीद्वारा शपथ

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२ श्रावन । प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चरमन्त्री भरतकुमार साहलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्री पदमा नियुक्त गर्नुभएका नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ गराउनुभएको हो ।

सोही समारोहमा मुख्यमन्त्री राउतले नव नियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनियताको शपथ गराउनुभयो ।

प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजिनामा गर्नुभएको थियो ।

शपथ समारोहमा सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका पदस्थ उच्च पदाधिकारीको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]