२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

चीनबाट म्यानमारलाई तीन हजार टन अक्सिजन प्राप्त

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

न्यूजमधेश डेस्क
याङ्गुन, २ श्रावण । म्यानमारलाई तीन हजार टन तरल अवस्थाको अक्सिजन चीनबाट प्राप्त भएको छ ।

देशको दोस्रो ठूलो सहर मण्डलायमा यति ठूलो मात्रामा अक्सिजन प्राप्त भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । म्यानमारमा रहेको चिनियाँ दूतावासले पनि चीनबाट म्यानमारमा तीन हजार टन अक्सिजन ल्याइएको जानकारी दिएको छ ।

म्यानमार सार्वजनिक कल्याण सङ्गठनले चीन म्यानमार नाका हुँदै अक्सिजन ल्याएको हो । यसले कोरोनाभाइरसको महामारी विरुद्ध लड्नका लागि ठूलो सहयोग हुने अपेक्षा गरिएको छ ।

“हालै मात्र म्यानमारले कोरोनाभाइरसको महामारी नराम्रोसँग भोग्नुपरेको छ, त्यही कारणले तरल अवस्थामा रहेको अक्सिजन माग गरिएको थियो, त्यससँगै अन्य अत्यावश्यक सामग्रीहरु सहयोग गर्न आग्रह गरिएको थियो,” म्यानमारस्थीत चिनियाँ दूतावासद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

म्यानमारमा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाख १८ हजार ७३९ जना सङ्क्रमित भएको र ती मध्ये चार हजार ५३६ जनाको मृत्यु भएको स्वास्थ्य तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]