१३ कार्तिक २०८२, बिहिबार
30-10-2025 , Thu
×

चीनबाट म्यानमारलाई तीन हजार टन अक्सिजन प्राप्त

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

न्यूजमधेश डेस्क
याङ्गुन, २ श्रावण । म्यानमारलाई तीन हजार टन तरल अवस्थाको अक्सिजन चीनबाट प्राप्त भएको छ ।

देशको दोस्रो ठूलो सहर मण्डलायमा यति ठूलो मात्रामा अक्सिजन प्राप्त भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । म्यानमारमा रहेको चिनियाँ दूतावासले पनि चीनबाट म्यानमारमा तीन हजार टन अक्सिजन ल्याइएको जानकारी दिएको छ ।

म्यानमार सार्वजनिक कल्याण सङ्गठनले चीन म्यानमार नाका हुँदै अक्सिजन ल्याएको हो । यसले कोरोनाभाइरसको महामारी विरुद्ध लड्नका लागि ठूलो सहयोग हुने अपेक्षा गरिएको छ ।

“हालै मात्र म्यानमारले कोरोनाभाइरसको महामारी नराम्रोसँग भोग्नुपरेको छ, त्यही कारणले तरल अवस्थामा रहेको अक्सिजन माग गरिएको थियो, त्यससँगै अन्य अत्यावश्यक सामग्रीहरु सहयोग गर्न आग्रह गरिएको थियो,” म्यानमारस्थीत चिनियाँ दूतावासद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

म्यानमारमा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाख १८ हजार ७३९ जना सङ्क्रमित भएको र ती मध्ये चार हजार ५३६ जनाको मृत्यु भएको स्वास्थ्य तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]