१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

सुनसरीमा कटुवा पेस्तोलसहित दुई पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

न्यूजमधेश डेस्क
सुनसरी ,२ श्रावण । सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पोस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएको थियो ।

सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उजूरी दिएका अधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा घरदेखि ३०० मिटर पूर्वमा रहेको आँपको फेदमा कालो प्लास्टिकमा बेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

आज पक्राउ परेकाको विषयमा हातहतियार खरखजनासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ बाट आज लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी १९ वर्षीय नसरुद्दिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोप्य सूचनाका अधारमा गएको प्रहरीको टोलीले मियाँले चलाई ल्याएको को१ह ७८९७ नंको सिटीसफारीलाई चेकजाँच गर्दा लगुऔषध बरामद भएको थियो ।

मियाँका साथबाट प्रहरीले १९ बोतल डाइलक्स डिसी, नाइट्रोजन १० लेखिएको २०० पत्ता ट्याबलेट बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]