१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान

Logo
प्रकाशित आइतबार, साउन ०३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३ श्रावण । नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देश (ह्वीप) जारी गरेको दलका सचेतक पुष्पा भुसालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको जनाउँदै सो फैसलाको स्वागत गरको छ । साथै यसका लागि सहयोग गर्ने बुद्धिजीवी, नागरिक समाज, पत्रकार जगत्लाई धन्यवाद दिएको छ ।

सचेतक भुसालले वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुनेमा संसदीय दल विश्वस्त रहेको जानकारी पनि दिनुभयो । असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]