१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

धनुषामा फेरि एक नावालिक माथी सामुहिक बलात्कार

Logo
प्रकाशित बुधबार, आषाढ २५, २०७६

जीतेन्द्र कुमार राम,जनकपुरधाम ।धनुषाको सवैला नगरपालिकामा झुन्डिएर मृत्यु भएको नावालिक केटिको घटना सेलाउन नसकेको बेला झन एक नावालिक केटिको सामुहिक बलात्कार भएको छ।

जिल्लाको सवैला नगरपालिका ८ मा गएराती एक नावालिक केटि सामुहिक बलात्कारको सिकार भएकी छिन भने सोमबार राती नपाकै वडा १ मा एक केटिको झुन्डिएर मृत्यु भएको थियो।

बलात्कार हुनेमा सवैला नपा ८ कि सत्यनारायण रायको १४ बर्षिय छोरी रहेकी छिन।अबेर राती घरमै सुतिरहेकी पिडितलाई घरको ढोका खोलेर करिब घरभन्दा पाँच सय मिटर पर गढी फुलबारीमा लगेर बलात्कार गरेको सवैला प्रहरीले जनाएको छ।

बयानमा बुबा सत्यनारायण रायले आफू घरको अर्को कोठामा सुतिरहेको समय उनलाइ गाउकै करिब ३७ बर्षिय मतिबुल राइन र अनुमानित बर्ष ३० को मदिक राइनले बलात्कार गरेको प्रहरीलाई जनाइएको छ।

बलात्कार पश्चात् मध्यराती घरमा १ बजे पीडितलाई छोडेर भागेपछि आरोपितहरुलाइ खोजी गरिदै जाँदा एउटै मोटरसाइकलमा ३ जना भाग्दै गर्दा सवैलाको नहरबाट स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको सवैला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिएका छन् ।

आरोपितहरुलाइ ईलाका प्रहरी कार्यालय सबैलामा राखिएको छ भने पीडितलाई स्वास्थ परिक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]