१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

नवलपुरमा चैतेधान उत्पादनमा वृद्धि

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८

न्यूजमधेश डेस्क
नवलपुर ,४ श्रावण । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैतेधानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक टन बढी चैतेधान उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी शङ्कर पौडेलले यस वर्ष जिल्लाको ७०० हेक्टर क्षेत्रफलमा तीन हजार ३६० मेट्रिक टन चैतेधान उत्पादन भएको जानकारी दिनुभयो । “गत वर्षको भन्दा यस वर्ष चैतेधान लगाउने क्षेत्रफलसमेत वृद्धि भएको थियो”, पौडेलले भन्नुभयो, “गत वर्ष ६२० हेक्टर क्षेत्रफलबाट दुई हजार ९४० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ८० हेक्टर बढी क्षेत्रफलमा धान लगाइँदा उत्पादन पनि बढेको हो ।”

जिल्लामा विशेषगरी चैतेधानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक कार्यक्रममा कृषक आकर्षित हुँदा चैतेधानको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको पौडेलले बताउनुभयो ।

“हामीले अहिले जिल्लाको गैँडाकोट–११ र कावासोती–१७ मा धान ब्लक कार्यक्रम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “धान ब्लक कार्यक्रमबाट कृषकलाई अनुदान प्रदान गरेपछि चैतेधानतर्फ उनीहरु आकर्षित भएका हुन् ।” धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा समेत अनुदान प्रदान गरेको छ ।

जिल्लाभित्र उत्पादन हुने चैतेधान कृषक आफैँले बिक्री गर्ने गरेको भन्दै पौडेलले गैँडाकोटमा उत्पादन भएको धान स्थानीय खाद्य उद्योगले खरिद गरेको बताउनुभयो ।

“गैँडाकोटमा उत्पादन भएको धान नगरपालिकाको समन्वयमा स्थानीय जयश्री खाद्य उद्योगले खरिद गरेको छ”, उहाँले भन्नुभयो, “जिल्लाको अन्य क्षेत्रमा उत्पादन भएको धान भने कृषक आफैँले स्थानीयस्तरमा नै बिक्री गर्ने गरेका छन् ।” चैते धानको उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्रसमेत धान निर्यात गर्न सकिने उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]