१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

रौतहटमा पेस्तोलसहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,४ श्रावण । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय देवेन्द्र यादव सहित ३ जना छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान सिक्सर पेस्तोल बरामद गरेको छ ।

भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा सवारी उनिहरुलाई चेकजाँच गर्दा बिहारको मोतिहारी जिल्ला घर भएका देवेन्द्रको साथमा पेस्तोल फेला परेको रौतहट प्रहरीले जनाएको छ । तीनैजनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]