१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

बन्द कोठामा जनकनन्दनी गाउँपालिकाले गर्न लागेको गाउँसभाको विरुद्धमा जनमत पार्टीद्वारा विरोध प्रदर्शन

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ श्रावण ।धनुषाको पुर्वी दक्षिणी भेगमा रहेको जनक नन्दनी गाउँपालिकामा आज छैठौं गाउँसभा बन्द कोठामा गर्न लागेको विरुद्धमा जनमत पार्टीले विरोध प्रदर्शन गरेका छन ।

बन्द कोठामा गाउँसभा गरेको र आम नगरबासीलाई सहभागी नगराएको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले खजुरीको स्वास्थ्य चौकीको कार्यालय अगाडि बिरोध प्रदर्शन गर्दै गाउँ सभा पार्दर्शी गर्न माग गरेका हुन् ।

सो विरोध कार्यकर्ममा जनमत पार्टीका गाउँपालिका संयोजक दिनेश साह,युवा जनमत संघ धनुषाका जिल्ला सचीव बैजनाथ साह,जनमत पार्टी जनक नन्दनी गाउपालिका – ४ खजुरीचन्हाका वडा अध्यक्ष अभिनाश पण्डितलगाईतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थिए

गाउँ सभा भैरहेको अगाडि भेला भएका जनमत पार्टीका कार्यकताले बन्द कोठामा गाउँसभा गर्न पाइँदैन, भ्रष्टाचारी मेयर मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

गाउँसभा गर्नुअघि गाउँसभा बारे सर्वसाधारण जनताले थाहा पाउने गरी सूचना सार्वजनिकक गर्नुपर्ने बाध्यातमक कानुनी व्यवस्था छ । तर गाउँपालिका प्रमुख बारीक राईनले कसैलाई केही थाहा नगराई चोरेर बन्द कोठामा गाउँसभा गरेको जनमत पार्टीका जिल्ला सहसचिव नवीन पंडितले आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]