१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

बन्द कोठामा जनकनन्दनी गाउँपालिकाले गर्न लागेको गाउँसभाको विरुद्धमा जनमत पार्टीद्वारा विरोध प्रदर्शन

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ श्रावण ।धनुषाको पुर्वी दक्षिणी भेगमा रहेको जनक नन्दनी गाउँपालिकामा आज छैठौं गाउँसभा बन्द कोठामा गर्न लागेको विरुद्धमा जनमत पार्टीले विरोध प्रदर्शन गरेका छन ।

बन्द कोठामा गाउँसभा गरेको र आम नगरबासीलाई सहभागी नगराएको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले खजुरीको स्वास्थ्य चौकीको कार्यालय अगाडि बिरोध प्रदर्शन गर्दै गाउँ सभा पार्दर्शी गर्न माग गरेका हुन् ।

सो विरोध कार्यकर्ममा जनमत पार्टीका गाउँपालिका संयोजक दिनेश साह,युवा जनमत संघ धनुषाका जिल्ला सचीव बैजनाथ साह,जनमत पार्टी जनक नन्दनी गाउपालिका – ४ खजुरीचन्हाका वडा अध्यक्ष अभिनाश पण्डितलगाईतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थिए

गाउँ सभा भैरहेको अगाडि भेला भएका जनमत पार्टीका कार्यकताले बन्द कोठामा गाउँसभा गर्न पाइँदैन, भ्रष्टाचारी मेयर मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

गाउँसभा गर्नुअघि गाउँसभा बारे सर्वसाधारण जनताले थाहा पाउने गरी सूचना सार्वजनिकक गर्नुपर्ने बाध्यातमक कानुनी व्यवस्था छ । तर गाउँपालिका प्रमुख बारीक राईनले कसैलाई केही थाहा नगराई चोरेर बन्द कोठामा गाउँसभा गरेको जनमत पार्टीका जिल्ला सहसचिव नवीन पंडितले आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]