०७ आषाढ २०८२, आइतबार
22-06-2025 , Sun
×

सिरहामा लामो समयदेखि लिलाम नहुदा सवारी साधन कबाड बन्दै

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

न्यूजमधेश डेस्क
लहान ,७ श्रावण । लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् ।

लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन् ।

भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया लागेर लिलाम नै नहुने अवस्था भएको छ । “एकातिर समयमा लिलाम नहुँदा सवारी साधन कबाड बनिरहेका छन्, अर्कोतिर सवारी साधन थन्क्याउने ठाउँसमेत अभाव छ”, भन्सार प्रमुख नरेश साहले भन्नुभयो, “हामीले पटक–पटक लिलामी प्रक्रिया थाले पनि प्रक्रिया लामो र झन्झटिलो भएका कारण अझै लिलाम गर्न सकेका छैनौँ ।”

पत्राचार गरिएका अटोमोबाइल्स कम्पनीले विभिन्न बहाना बनाएर सवारी साधनको उत्पादन मिति नखुलाइ दिएकाले लिलामी प्रक्रिया नै रोकिएको उहाँको गुनासो छ । लहानस्थित मनकामना अटोमोबाइल्सका सञ्चालक शङ्कर चौधरीले आफूहरुसँग गाडीको उत्पादन मिति पत्ता लगाउने सफ्टवेयर नरहेकाले उत्पादन मिति खुलाउन नसकिएको बताउनुभयो । यसका लागि सवारी उत्पादन गर्ने कम्पनीलाई नै पत्राचार गर्नुपर्ने उहाँको भनाइ छ ।

स्थापनाकालदेखि नै जनशक्तिको अभाव झेल्दै आएको ठाडी भन्सारलाई लामो समयदेखि लिलाम नहुँदा सवारी थन्क्याउने ठाउँको समेत अभाव छ । ठाउँ नपाएर खुलारूपमै सवारी राख्दा वर्षायाममा सवारी साधनका पाटपुर्जामा खिया लागेर कबाड बन्दै गएको उहाँको भनाइ छ ।

छोटी भन्सारबाट स्तरोन्नति भएर भन्सार कार्यालय स्थापना भए पनि दरबन्दीअनुसार कर्मचारी नहँुदा ठूलो समस्या झेल्दै आएको कार्यालय प्रमुख साहले बताउनुभयो । कार्यालयमा कार्यालय प्रमुखसहित २० जनाको दरबन्दी भए पनि हाल कार्यालयमा प्रमुखसहित सात मात्र कर्मचारी कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा सवारी साधनको लिलामी प्रक्रियादेखि भन्सार राजश्व असुलीसम्म समस्या भइरहेको प्रमुख साहको भनाइ छ ।

कर्मचारी अभावका बाबजुद पनि ठाडी भन्सार कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजश्व सङ्कलन गरेको हो । रु छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा रु नौ करोड ४६ लाख १२ हजार राजश्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]