३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी ,७ श्रावण । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको महाधिवेशन तोकिएको तालिकामा हुने बताउनुभएको छ ।

महोत्तरीको जलेश्वरमा आज महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन र प्रजातान्त्रिक योद्धा स्वर्गिय महोश्वरप्रसाद सिंहको सालिक अनावरण गर्दै निधिले शासन सञ्चालनमा कांग्रेसका लागि लोकतन्त्रको कुनै विकल्प नहुने बताउनुभएको हो । नेपाली कांग्रेस महोत्तरीले आफ्नै कार्यालय प्रयोजनका लागि महेश्वरप्रसाद सिंह स्मृति भवन निर्माण गरेको हो ।

उहाँले महोत्तरी पार्टीले नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व सिंहको स्मृति सधैँ ताजा राख्न उहाँको सालिक र भवन निर्माण गरेर स्तूत्य काम गरेको बताउनुभयो । महोत्तरीको सन्दर्भमा स्व सिंह कांग्रेस नेता मात्र नभएर जनमनमा स्थापित नेता रहनुभएको उल्लेख गर्नुभयो ।

विसं २०४८ को आमनिर्वाचनमा तत्कालीन महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका स्व सिंह सो लगत्तै सामान्य प्रशासनमन्त्री बन्नुभएको थियो ।

मृत्युपर्यन्त कांग्रेसका केन्द्रीय सदस्य रहनुभएका सिंहको स्मृतिका नेका महोत्तरीले आफ्नो नवनिर्मित कार्यालय भवन नै उहाँको नाउँमा राखेको हो । सालिक अनावरण तथा भवन उद्घाटन समारोह नेका महोत्तरी सभापति महेन्द्रकुमार रायको अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]