१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

तराईमा रोपिँदैछ गुर्जो

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,८ श्रावण । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय गुण बढी हुने भएकाले पहाडी जिल्लामा तराईको गुर्जो रोपिएको हो ।

तराईका जिल्लामा भने पहाडमा पाइने गुर्जो रोपण गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । वाग्मती प्रदेशका काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानमा अभियानका रुपमा गुर्जो रोप्नुभएका अभियानकर्मी राजलवटले यो हप्ता तराईका जिल्लामा रोपण शुरु गर्नुभएको छ ।

सिन्धुली, धनुषा, महोत्तरी, सिराहालगायतका जिल्लामा गुर्जो रोपण अभियान जारी रहेको उहाँले सुनाउनुभयो । बिहीबार बर्दिवास नगरपालिका–४ का विभिन्न स्थानमा गरी ५०० बोट गुर्जो रोपिएको छ ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिलगायतको सक्रिय सहभागिता थियो । सो अवसरमा गुर्जोबाट बनेको चिया र धुलो पनि वितरण गरियो ।

आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जोको नर्सरी उत्पादन गरी विसं २०७६ चैतदेखिदेखि उहाँले रोप्ने अभियान शुरु गर्नुभएको हो । कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलो औषधी वितरणलाई पनि राजलवटले अभियानका रुपमा अघि बढाउनुभएको हो । कोरोना लागेकालाई नियमित गुर्जोबाट बनेको चिया र धुलोको सेवनले राम्रो गरेको सेवनकर्ताको अनुभव छ ।

गत वर्ष एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा रोप्ने अभियानको नेतृत्व गर्नुभएका राजलवटले त्यति नै सङ्ख्यामा चिया र धुलोका पोका वितरण गर्नुभएको थियो । यस वर्ष पनि १५ हजारभन्दा बढी गुर्जोका बिरुवा रोपण गरिएको जनाइको छ ।

करिब २० गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो यस वर्ष वितरण गरिएको छ । अभियानकर्मी राजलवटले आन्तरिक राजस्व कार्यालय धुलिखेलमा सरुवा भई आएपछि पनि गुर्जोका बिरुवा रोपण एवं चिया र धुलो वितरणलाई निरन्तरता दिनुभएको हो ।

आयुर्वेद शास्त्रले मानिस जुन स्थानमा जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँको प्रकृतिमा हुन्छ भन्ने मान्यता राख्छ । यसैगरी प्रत्येक वनस्पतिमा औषधीय गुण हुन्छ तर चिन्ने र संयोजन गर्ने गुण मानिसमा हराउँदै गएकाले विदेशबाट महँगो औषधि किन्न बाध्य हुनुपरेको छ ।

हाल कौडीको भाउमा जडीबुटीको कच्चा पदार्थ बाहिरिने र महँगोमा वार्षिक अर्बौंको औषधि आयात हुने गरेको छ । यसलाई रोक्न गुर्जोजस्ता जडीबुटीको प्रवद्र्धन गर्ने अभियानमा लागिएको राजलवटले सुनाउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]