०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

सिराहाको धनगढीमाई नपा–८ मा SEE उर्त्तीण विद्यार्थीहरुलाई वडा अध्यक्षको सम्मान

सामुदायिक विद्यालयको छविमा सुधार ल्याउने उद्देश्यले सम्मान कार्यक्रम सम्पन्न
Logo
दिपेन्द्र कुमार यादव प्रकाशित मंगलबार, आषाढ १६, २०८२

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।

कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ।

सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, माला र सम्मान–पत्र प्रदान गरिँदै, उनीहरूको मेहनत र सफलतालाई कदर गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष रामभरोस महतो, वडा सदस्यहरू, बुद्धिजीवी, समाजसेवी तथा शिक्षक अभिभावकहरूको विशेष उपस्थिति रहेको थियो।

वडा अध्यक्ष महतोले विद्यार्थीहरूलाई बधाई दिँदै भने, “सार्वजनिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने प्रमाण यिनै विद्यार्थीहरूले दिएका छन्। अब हाम्रो जिम्मेवारी सामुदायिक विद्यालयप्रति जनविश्वास बढाउनु हो।

कार्यक्रमले विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारमा उत्साह थप्नुका साथै आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]