१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

औरही गाउँपालिकामा आर्थिक अनुशासनको उलंघन, दर्जनौं मोबाइल खरिदमा लाखौं खर्च

Logo
न्युज मधेश प्रकाशित मंगलबार, आषाढ ०९, २०८२

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ विपरीत रहेको स्पष्ट उल्लेख गरिएको छ।

महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएअनुसार Samsung S24, 1+ Mobile, OPPO लगायत विभिन्न ब्राण्डका मोबाइलहरू महँगा दरमा खरिद गरिएको छ। Samsung Mobile A73 मात्र चार पटक खरिद गरिएको देखिन्छ, प्रति सेट लगभग ८४,५०० रुपैयाँमा।

सञ्चालन ऐनको व्यवस्था अनुसार स्थानीय तहले स्वीकृत कार्यक्रम भित्रको बजेटबाट मात्र खरिद गर्न पाउने भए तापनि मोबाइल खरिद कार्य अनधिकृत रूपमा बजेट सीमाबाहिर गरिएको हो। साथै, यो खरिद PAMS प्रणालीमा समेत दर्ता नगरिएको, न त कार्यलय प्रमुखको स्पष्ट स्वीकृति प्राप्त भएको छ।

स्थानीय बासिन्दा र नागरिक अभियन्ताहरूले गाउँपालिकाको यो कार्यप्रति गम्भीर असन्तोष जनाएका छन्। एक स्थानीय नागरिकका अनुसार, “विद्यालयमा शिक्षक छैनन्, स्वास्थ्यचौकीमा औषधि छैन, तर जनप्रतिनिधिहरू र कर्मचारीहरूका लागि महँगा मोबाइल किन्न भने लाखौं खर्चिएको छ। यो जनताको करको खुला दोहन हो।”

 

विश्लेषकहरु भन्छन्, यो अभ्यासले पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ। स्रोत सीमित रहेको अवस्थामा प्राथमिकताको आधारमा खर्च गर्नुको सट्टा यस्तो विलासी खर्च गर्नु न केवल गैरकानुनी हो, बरु नैतिक रूपमै अस्वीकार्य छ।अब सम्बन्धित निकायहरूले यो विषयमा गम्भीर छानबिन गरेर जवाफदेही कायम गर्नुपर्ने स्थानीय बासिन्दाहरूको माग छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]