१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

औरही गाउँपालिकामा आर्थिक अनुशासनको उलंघन, दर्जनौं मोबाइल खरिदमा लाखौं खर्च

Logo
न्युज मधेश प्रकाशित मंगलबार, आषाढ ०९, २०८२

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ विपरीत रहेको स्पष्ट उल्लेख गरिएको छ।

महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएअनुसार Samsung S24, 1+ Mobile, OPPO लगायत विभिन्न ब्राण्डका मोबाइलहरू महँगा दरमा खरिद गरिएको छ। Samsung Mobile A73 मात्र चार पटक खरिद गरिएको देखिन्छ, प्रति सेट लगभग ८४,५०० रुपैयाँमा।

सञ्चालन ऐनको व्यवस्था अनुसार स्थानीय तहले स्वीकृत कार्यक्रम भित्रको बजेटबाट मात्र खरिद गर्न पाउने भए तापनि मोबाइल खरिद कार्य अनधिकृत रूपमा बजेट सीमाबाहिर गरिएको हो। साथै, यो खरिद PAMS प्रणालीमा समेत दर्ता नगरिएको, न त कार्यलय प्रमुखको स्पष्ट स्वीकृति प्राप्त भएको छ।

स्थानीय बासिन्दा र नागरिक अभियन्ताहरूले गाउँपालिकाको यो कार्यप्रति गम्भीर असन्तोष जनाएका छन्। एक स्थानीय नागरिकका अनुसार, “विद्यालयमा शिक्षक छैनन्, स्वास्थ्यचौकीमा औषधि छैन, तर जनप्रतिनिधिहरू र कर्मचारीहरूका लागि महँगा मोबाइल किन्न भने लाखौं खर्चिएको छ। यो जनताको करको खुला दोहन हो।”

 

विश्लेषकहरु भन्छन्, यो अभ्यासले पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ। स्रोत सीमित रहेको अवस्थामा प्राथमिकताको आधारमा खर्च गर्नुको सट्टा यस्तो विलासी खर्च गर्नु न केवल गैरकानुनी हो, बरु नैतिक रूपमै अस्वीकार्य छ।अब सम्बन्धित निकायहरूले यो विषयमा गम्भीर छानबिन गरेर जवाफदेही कायम गर्नुपर्ने स्थानीय बासिन्दाहरूको माग छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]