१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

सिराहाको खोक्सीमा सांसद यादवले गरे आध्यात्मिक ज्ञान आश्रम तथा कृष्ण मन्दिर निर्माण कार्यको शिलान्यास

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित मंगलबार, चैत्र १७, २०८१

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो।

मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय लहान सिरहाबाट सञ्चालन हुने उक्त योजनाको लागि सांसद यादवको पहलमा कृष्ण मन्दिर तथा भवन निर्माणका लागि ४५ लाख रुपैया विनियोजन भएको छ। उपभोक्ता समिति मार्फत सञ्चालन हुने उक्त आयोजनाको लागि उपभोक्ता समिति गठन भइसकेको र कार्यालयसँग सम्झौता भई कार्य आदेश पाए लगत्तै काम शुरू गर्ने उपभोक्ता समिति अध्यक्ष कमलदेव रायले बताउनुभयो।

अहिलेको बदलिदो परिवेशमा युवाहरू कुलतमान फस्दै गइरहेको अवस्थामा उनीहरुलाई कुलतबाट बचाउन धार्मिक अनुष्ठानसँग जोडेर जनचेतना जगाउने उद्देश्यले यो मन्दिर निर्माण गर्न लागेको र निकट भविष्यमा यसलाई थप विस्तार गर्दै गौशाला निर्माण गर्ने आफूहरूको योजना रहेको स्थानीय सुरेन्द्र यादवको भनाइ रहेको छ।

यहाँ नजिकै त्रिशुला नदी रहेको र त्रिशुला नदीको क्षेत्रसमेत अत्यधिक रहेको तथा उक्त नदीमा हरेक दिन पानी रहने गरेकोले नदीको डिलमा शमशान घाट निर्माण गर्ने आफ्ना चाहना रहेको प्रदेश सांसद यादवले बताउनुभयो। मानव जीवनको एक चौथाइ भाग आध्यात्मिक हुन्छ। अध्यात्मले मानव जीवनलाई सही दिशा निर्देश गर्ने गर्छ। मानव जीवनमा अध्यात्मको बडो महत्त्व हुन्छ।

शिलानास कार्यक्रममा बरीयारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतो , वडा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा, विभिन्न पार्टीका पार्टी प्रतिनिधि लगायत समुदायका व्यक्तिहरू उपस्थिति रहेको थियो।


 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]