०७ आषाढ २०८२, आइतबार
22-06-2025 , Sun
×

कोसीको तटबन्ध भत्कियो : एक हजार परिवार विस्थापित

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,८ श्रावण । सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोसीको तटबन्ध भत्किएको छ ।

शुक्रबार बिहान उक्त स्थानमा तटबन्ध भत्किँदा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किएको स्थान नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर मात्र दक्षिण हो ।

बाढीले दिघिया, दूधैला, बैला, सतोखर्ड लगायतका गाउँ जलमग्न भएको सीमावर्ती स्थानीय बासिन्दाले जानकारी दिएका छन् । बाढीका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरु भारतीय राष्ट्रिय राजमार्ग९एनएच ५७० सहित विभिन्न अग्लो स्थानमा आश्रय लिइरहेका छन् ।

तटबन्ध भत्केको स्थानमा सुपौल जिल्लाका डिएम महेन्द्रकुमार, एसपी मनोजकुमारसहित कोसी योजनाका अधिकारीहरु पुगेका छन् । सुपौल जिल्लाका डिएम महेन्द्रकुमारले तत्काल तटबन्ध पुनर्निर्माणको कार्य थालिएको जानकारी दिए । उनले स्रोतसाधनको अधिकतम प्रयोग गरी पुनर्निर्माणको काम भइरहेको बताए ।

तटबन्ध भत्किएपछि कोसीको पानी विभिन्न बस्ती हुँदै बिहारमै त्रियुगा नदीमा खसेको छ ।

नेपालमा प्रभाव पर्न सक्ने

कोसी तटबन्ध बिहारमा भत्किँदा क्षतिलाई कम गर्न कोसी योजनाका अधिकारीहरुले सप्तरी र सुनसरीको सीमामा रहेका कोसी ब्यारेजका ढोकाहरु धेरै संख्यामा बन्द गरे नेपालमा पनि समस्या हुने सक्ने प्राविधिकहरुले बताएका छन् ।

पानीको उच्च बहावलाई रोक्न बिहार सरकार मातहतको कोसी योजनाले ब्यारेजका ढोका धेरै संख्यामा बन्द गरे ब्यारेजभन्दा उतरी क्षेत्रमा पानी जम्मा भइ ब्यारेजको संरचना र तटबन्ध लगायतका संरचनामा क्षति पुग्ने छ । तर शुक्रबार दिउँसोसम्म ब्यारेजका २२ वटा ढोका खोलिएको छ भने ब्यारेज भएर नियमित तरिकाले पानीको बहाब भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]