२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

जनकपुरधाममा जनक भवनको उद्घाटन

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ श्रावण । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा उपमहानगरपालिकाको नवनिर्मित कार्यालय जनक भवनको उद्घाटन गर्नुभयो ।

रु आठ करोड १३ लाखमा निर्माण भएको सो छ तले भवनमा ७१ वटा कार्यालयसम्बन्धी कोठा र ३२ वटा शौचालय कक्ष रहेका छन् ।

प्राचीन मिथिलाका राजा जनकको दरबारका चिन्तन मननका सन्दर्भलाई जीवन्त तुल्याउने उद्देश्यले मूल भवनलाई जनक भवन, भुइँ खण्डलाई शतानन्द सदन ९ राजा जनकका गुरु०, पहिलो खण्डलाई जानकी सदन, दोस्रो खण्डलाई सलहेश सदन, तेस्रो खण्डलाई विदुषी गार्गी सदन, चौथो खण्डलाई विदुषी मैत्रेयी सदन, पाँचौँलाई याज्ञवल्य सदन र छैटौँ खण्डको सभागृहलाई अष्टावक्र नामकरण गरिएको छ ।

विसं २०१९ मा जनक चोकमा सानो फुसको घर निर्माण भई शुरु भएको नगरपालिका कार्यालय पक्की भवन हुँदै पछिल्लो पटक त्रेतायुगीन प्रेरणा दिने स्वरूपमा निर्माण गरिएको छ ।

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख साहले राजा जनकको दरबारका त्रेतायुगीन सन्दर्भलाई जीवन्त तुल्याउने सपना साकार भई आजदेखि नव इतिहास प्रारम्भ भएको धारणा राख्नुभयो ।

उहाँले उपमहानगरपालिका रूपान्तरणको दिशातर्फ अघि बढेको प्रसङ्ग उल्लेख गर्दै चुनौती भए पनि पूर्वाधार निर्माण, सभ्यता, संस्कृतिको संरक्षण कार्यमा क्रमशः उल्लेखनीय सफलता प्राप्त हुँदै आएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]