२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जनमत पार्टीको पहलमा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ श्रावण । जनमत पार्टीको पहलमा सवारी दुर्घटनामा परि एक वर्ष अगाडी ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिका ३ का २६ वर्षीय सुबोध कापरका परिवारलाई ५० हजार आर्थिक सहयोग गरिएको छ ।

डा सीके राउत नेतृत्वको जनमत पार्टी हंसपुर नगरपालिकाका नगर संयोजक विवेक राउत र विदेश विभाग सदस्य धनवीर ठाकुरको पहलमा मलेसियामा कार्यरत हंसपुरकै रामललित कापरले आर्थिक संकलन गरी पठाएको ५० हजार रुपैया कापरका परिवारलाई सहयोग गर्न पठाएको थिए ।

सोही रकम आज एक कार्यक्रम विच जनमत पार्टीका हंसपुर नगर संयोजक बिबेक राउत र विदेश विभाग सदस्य धनवीर ठाकुरले कापरका श्रीमती रानी कापरलाई ४० हजार र उनको आमा–बुवाको लागि बुवा बिन्देश्वरलाई १० हजार रुपैया हस्तान्तरण गरे ।

घरको आर्थिक अवस्था कमजोर रहेका कारण मृतक कापरका परिवारलाई आर्थिक सहयोग गरेको बताइएको छ । आर्थिक सहयोग पाएका कापरका परिवारले सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

सो रकम हस्तान्तरण गर्नको लागि जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु कापरको घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]