२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

पाँच महिने बालिकाको हत्या

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८

न्यूजमधेश डेस्क
नवलपुर ,१० श्रावण । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ ।

जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।

पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताउनुभयो ।

घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]