१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

पशुपतिमा पुजापाठ गर्दै पुर्व मन्त्री अरगरियाले गरे बागमती नदीमा सयौ लिटर दुध अर्पण

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ साउन । हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा पुर्वमन्त्री उमाशंकर अरगरियाले सयौ लिटर दुध अर्पण गरिएको छ ।

दुध अर्पण गरेको विषयलाई अन्धविश्वाससँग जोडेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दुहरुको भावनामा चोट पुर्याउनेगरी टिप्पणी गरेका बेला हिन्दुवादी युवाहरुले साउनको पहिलो सोमवारको अवसर पारेर जेठ ११ गते पशुपतिको पूर्व ढोकास्थित बागमती नदीमा दुध अर्पण (चढाएको) गरेका हुन् ।

नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुरको संयोजनमा निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देबेश झा लगायत हिन्दुवादी युवा तथा महिलाहरु पशुपति मन्दिर पुगेका थिए ।

बागमतीमा दुध अर्पण गर्ने कार्यक्रममा पूर्वमन्त्री अरगरिया, फाउण्डेशनका अध्यक्ष ठाकुरले हिन्दु विरोधी गतिविधिमा संलग्न पूर्वप्रधानमन्त्री भट्टराईको आलोचना गरेका थिए । उनीहरुले पश्चिममाको फण्डमा नेपालमा धर्म विरोधी गतिविधि नगर्न भट्टराईसहित क्रिश्चियन एजेन्टलाई चेतावनी समेत दिए ।

‘तिथि अनुसार आज श्रावण महिनाको पहिलो सोमबार बाबा पशुपतिनाथलाई स्मरण गर्दै सनातन बिधिले पुजा पाठ गर्दै बागमती नदीमा दुध अर्पण गरेका छौ,’ ठाकुरले भने, ‘हाम्रो सनातन धर्म विरोधी गतिविधि नगर्न भारतमा पढेका डा भट्टराईलाई चेतावनी दिन चाहन्छौं । सनातन धर्ममाथिको आक्रमण हामी सैह्य छैन । जस्तोसुकै जवाफ दिन पनि पछि पर्ने छैनौं ।’

पूर्वप्रधानमन्त्री भट्टराईले बेला बेला हिन्दुमाथि प्रहार हुने गतिविधि गर्दै र लेख्दै आएका छन् । जबरजस्ती दबाब र प्रभावमा बढ्दो क्रिश्चियानिटी र धर्म परिवर्तनमा भने उनी मौन बस्ने गरेका छन् । हालैमात्र भट्टराईले मुसलमानको बहर इदका दिन हिन्दुको आस्थामाथि ठाडै प्रहार गरेका थिए । धर्मगुरु एवं राजनीतिक योगी आदित्यनाथको गंगामा दुध अर्पण गर्दै गरेको तस्विर ट्वीटरमा शेयर गरेर बाबुरामले अन्धविश्वासले दुध बगाउने र गहुँत खान बाध्य पारेको भन्दै हिन्दुको आस्थामाथि नै चोट पुर्याउने काम गरेका थिए । त्यसविरुद्ध देशभर विरोध भइरहेको छ । भारतका नेता विजय चौथाईवाले, राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाइसकेका छन् । विभिन्न जिल्लामा बाबुरामविरुद्ध प्रदर्शन नै भएको छ ।

पछिल्लो समय बाबुराम गर्भवती पेटको बहसमा पनि विवादमा परेका छन् । उनकै कारण उनकी छोरी मानुषीले गर्भवती भई बच्चा समेत जन्माएको महिनौ भइसकेपछि गर्भावस्थाको पेटको तस्विर सार्वजनिक गरेर आलोचित बनेकी छन् । यस्ता हर्कतविरुद्ध आवाज बढ्दो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]