२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

पशुपतिमा पुजापाठ गर्दै पुर्व मन्त्री अरगरियाले गरे बागमती नदीमा सयौ लिटर दुध अर्पण

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ साउन । हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा पुर्वमन्त्री उमाशंकर अरगरियाले सयौ लिटर दुध अर्पण गरिएको छ ।

दुध अर्पण गरेको विषयलाई अन्धविश्वाससँग जोडेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दुहरुको भावनामा चोट पुर्याउनेगरी टिप्पणी गरेका बेला हिन्दुवादी युवाहरुले साउनको पहिलो सोमवारको अवसर पारेर जेठ ११ गते पशुपतिको पूर्व ढोकास्थित बागमती नदीमा दुध अर्पण (चढाएको) गरेका हुन् ।

नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुरको संयोजनमा निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देबेश झा लगायत हिन्दुवादी युवा तथा महिलाहरु पशुपति मन्दिर पुगेका थिए ।

बागमतीमा दुध अर्पण गर्ने कार्यक्रममा पूर्वमन्त्री अरगरिया, फाउण्डेशनका अध्यक्ष ठाकुरले हिन्दु विरोधी गतिविधिमा संलग्न पूर्वप्रधानमन्त्री भट्टराईको आलोचना गरेका थिए । उनीहरुले पश्चिममाको फण्डमा नेपालमा धर्म विरोधी गतिविधि नगर्न भट्टराईसहित क्रिश्चियन एजेन्टलाई चेतावनी समेत दिए ।

‘तिथि अनुसार आज श्रावण महिनाको पहिलो सोमबार बाबा पशुपतिनाथलाई स्मरण गर्दै सनातन बिधिले पुजा पाठ गर्दै बागमती नदीमा दुध अर्पण गरेका छौ,’ ठाकुरले भने, ‘हाम्रो सनातन धर्म विरोधी गतिविधि नगर्न भारतमा पढेका डा भट्टराईलाई चेतावनी दिन चाहन्छौं । सनातन धर्ममाथिको आक्रमण हामी सैह्य छैन । जस्तोसुकै जवाफ दिन पनि पछि पर्ने छैनौं ।’

पूर्वप्रधानमन्त्री भट्टराईले बेला बेला हिन्दुमाथि प्रहार हुने गतिविधि गर्दै र लेख्दै आएका छन् । जबरजस्ती दबाब र प्रभावमा बढ्दो क्रिश्चियानिटी र धर्म परिवर्तनमा भने उनी मौन बस्ने गरेका छन् । हालैमात्र भट्टराईले मुसलमानको बहर इदका दिन हिन्दुको आस्थामाथि ठाडै प्रहार गरेका थिए । धर्मगुरु एवं राजनीतिक योगी आदित्यनाथको गंगामा दुध अर्पण गर्दै गरेको तस्विर ट्वीटरमा शेयर गरेर बाबुरामले अन्धविश्वासले दुध बगाउने र गहुँत खान बाध्य पारेको भन्दै हिन्दुको आस्थामाथि नै चोट पुर्याउने काम गरेका थिए । त्यसविरुद्ध देशभर विरोध भइरहेको छ । भारतका नेता विजय चौथाईवाले, राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाइसकेका छन् । विभिन्न जिल्लामा बाबुरामविरुद्ध प्रदर्शन नै भएको छ ।

पछिल्लो समय बाबुराम गर्भवती पेटको बहसमा पनि विवादमा परेका छन् । उनकै कारण उनकी छोरी मानुषीले गर्भवती भई बच्चा समेत जन्माएको महिनौ भइसकेपछि गर्भावस्थाको पेटको तस्विर सार्वजनिक गरेर आलोचित बनेकी छन् । यस्ता हर्कतविरुद्ध आवाज बढ्दो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]