१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जसपा आधिकारिकता विवादमा रेमश चौधरी तटस्थ

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ श्रावण । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बस्नुभएको छ ।

मतदान गर्न निर्वाचन आयोग पुग्नुभएका चौधरीले आफू तटस्थ बसेको जानकारी दिनुभयो । ‘जित्ने पनि जसपा र हार्ने पनि जसपा भएको अवस्थामा मैले कतै पनि हस्ताक्षर गर्न सकिन,’ उहाँले भन्नुभयो, ‘म तटस्थ बसेँ ।’

सञ्चारकर्मीमाझ कुरा गर्नुभएका उहाँले आफू निर्दोष रहेको विषय पुनः दाहोर्याउनुभएको छ । न्यायालयले राजनीतिक मुद्दामा फौजदारी अभियोगको सजाय दिएको उहाँको भनाइ छ ।

रेशम चौधरी तठस्थ बस्नुअघि नै जसपाको उपेन्द्र यादव पक्षमा बहुमत भइसकेको थियो । यादव पक्षले बहुमत पुर्याएसँगै पार्टीको आधिकारिकता अब यादवको पक्षमा जानेछ भने महन्थ ठाकुर समूह दलविहीन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]