१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

राष्ट्रिय एकता अभियानद्वारा जनकपुरधाममा मुख्यमन्त्री राउतको पुतला दहन

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ श्रावण । राष्ट्रिय एकता अभियानले प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

सोमबार राष्ट्रिय एकता अभियान राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा सो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला जलाउने बेला प्रहरीसँग झडप भएको थियो ।

उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको अभियानका अध्यक्ष विनय यादवले बताए ।

मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको बिरोध जुलुस जनक चोकमा गएर टुँगिएको थियो । जुलुसका क्रममा उनीहरुले मुख्यमन्त्रीको राजिनामा माग गरेका थिए ।

२०७५ सालमा मदरसा शिक्षा सम्बन्धी विधेयक प्रदेश सभामा पेश गरिएपनि यसमाथि छलफल प्रारम्भ हुन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]