०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

जसपा पार्टीमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्णः राजेन्द्र महतो

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, ११ श्रावण । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्राविधिक कारण देखाएर यादव पक्षले पार्टी फुटाउन लागेको बताएका छन्। एकता गरेको एक वर्षमै पार्टीमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए।

निर्वाचन आयोगमा कार्यकारिणी समिति सदस्यको हेड काउन्टमा यादव पक्षको बहुमत देखिएपछि बाहिरिने क्रममा महतोलेआफूहरु अल्पमतमा परे पनि केही फरक नपर्ने बताए। ‘यो ५१ जनाको मात्रै पार्टी होइन,’ उनले भने , ‘अव हामी जनता माझ जाने छौँ।’ जनतालाई न्याय दिन गरेको एकता प्राविधिक विभाजनमा पुग्नु दुर्भाग्य पूर्ण रहेको उनको भनाई छ।

निर्वाचन आयोगले सोमबार ’हेड काउन्ट’का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो। जसमा उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]