१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद

Logo
प्रकाशित बिहिबार, साउन १४, २०७८

न्यूजमधेश डेस्क
परासी ,१४ श्रावण । प्रहरीले पश्चिम नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ ।

भन्सार छलेर सिमावर्ती नाकाबाट भारततर्फ निकासी गर्न लागिएको आशंकामा प्रहरीले जिल्लाको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट बरामद ७ सय ३० क्विन्टल केराउ बरामद गरेको हो ।

बरामद गरिएको केराउको बजार मूल्य करिब १ करोड रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक राजु लामाले बताए । बरामद भएको केराउ आवश्यक अनुसन्धानका लागि महेषपुर भन्सार पठाइएको छ ।

७ वटा भ्यान र ३ वटा ट्रकमा भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा प्रहरीले अनुसन्धानका लागि भन्दै केराउ बरामद गरेको हो । प्रहरीले केही दिनअगाडि मात्र करिब २२ लाख रुपैयाँको केराउ जिल्लाका विभिन्न सीमाबाट बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]