१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

शिवशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीलाई साइकल र ब्याग वितरण

Logo
प्रकाशित मंगलबार, साउन १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ श्रावण । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति माध्यमिक विद्यालय (प्राविधिक तथा व्यवसायिक शिक्षा) का विद्यार्थीहरुलाई साइकल र ब्याग वितरण गर्नुभएको छ ।

सोमबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रम बीच कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल र कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग वितरण  गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले नेता एवं पूर्वमन्त्री रघुबीर महासेठ र गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले संयुक्त रुपमा साइकल र ब्याग विद्यार्थीहरुलाइ हस्तान्तरण गरे ।

विद्यालयका प्रधानाध्यापक गुरुशरण केवटले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत कक्षा ८ मा अध्यनरत ८१ छात्रालाई साइकल वितरण गरिएको जानकारी दिनुभयो ।

प्राध्यापक केवटका अनुसार विद्यार्थीका लागि ६३६ ब्याग आएको छ । जसमध्ये कक्षा ६, ७ र ८ का करिब ३५० विद्यार्थीलाई ब्याग वितरण गरिएको छ । बाँकी ब्याग मंगलवार वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]