०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

शिवशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीलाई साइकल र ब्याग वितरण

Logo
प्रकाशित मंगलबार, साउन १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ श्रावण । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति माध्यमिक विद्यालय (प्राविधिक तथा व्यवसायिक शिक्षा) का विद्यार्थीहरुलाई साइकल र ब्याग वितरण गर्नुभएको छ ।

सोमबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रम बीच कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल र कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई ब्याग वितरण  गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले नेता एवं पूर्वमन्त्री रघुबीर महासेठ र गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले संयुक्त रुपमा साइकल र ब्याग विद्यार्थीहरुलाइ हस्तान्तरण गरे ।

विद्यालयका प्रधानाध्यापक गुरुशरण केवटले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत कक्षा ८ मा अध्यनरत ८१ छात्रालाई साइकल वितरण गरिएको जानकारी दिनुभयो ।

प्राध्यापक केवटका अनुसार विद्यार्थीका लागि ६३६ ब्याग आएको छ । जसमध्ये कक्षा ६, ७ र ८ का करिब ३५० विद्यार्थीलाई ब्याग वितरण गरिएको छ । बाँकी ब्याग मंगलवार वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]