०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

एसिड प्रहारमा श्रीमान्‌लाई कसुर, विक्रेतालाई सफाइ

Logo
प्रकाशित सोमबार, साउन २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ श्रावण। आरती साहलाई एसिड प्रहार गरेको आरोपमा धनुषा जिल्ला अदालतले उनका श्रीमान् सञ्जीव साहलाई कसुर गरेको ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ । एसिड विक्रेता नागेन्द्र साहको हकमा भने अदालतले सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायधिश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीवलाई कसुर ठहर गरेको हो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार कसुर ठहर गरिएका सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रमै अर्को फैसला हुनेछ ।

गतवर्ष मात्र ल्याइएको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशअनुसार एसिड प्रहारमा यतिविध्न कठोर सजाय तोकिएको यो नै पहिलो घटना हो । सरकारले यो अध्यादेश जारी गरेलगत्तै आरतीमाथि एसिड प्रहार गरिएको थियो । यो मुद्दामा ७ चोटी पेसी चढेको थियो ।

आरतीको तर्फबाट सरकारी वकिल कार्यालय जनकपुरका प्रमुख सिताराम अर्याल, रिंकुकुमारी यादव र अच्यूतम आचार्यले बहस गरे भने प्रतिवादीका तर्फबाट सुदीप कोइराला, दीपक केसी र अरुणकुमार झाले बहस गरेका हुन् । एसिड आक्रमणले दाहिने आँखा नै गुमाएकी आरती भने काठमाडौंमा उपचाररत्त छिन् । उनको कृत्रिम आँखा लगाउने उपचार भइरहेको छ ।

छुट्टिएर बसिरहेकी श्रीमती र छोरीलाई डेरामै पुगेर गत वर्ष कात्तिक २९ गतेको बिहान सञ्जीवले एसिड प्रहार गरेका थिए । जनकपुरधाम–७ पेठिया इलाकामा बस्ने २२ वर्षीया आरती र ४ वर्षीया छोरी रिया एसिड प्रहारबाट घाइते भएकी थिइन् ।

आरतीलाई लक्षित गरेर प्रहार गरिएको एसिड उछिट्टिएर छोरी रियाको बायाँ हात पनि जलेको थियो । आरतीलाई जनकपुरको जानकी हेल्थ केयरको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

एसिड प्रहारले आरतीको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको छ । सञ्जीव र आरतीको ५ वर्षअघि विवाह भएको थियो । बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्न थाले । छोरीसँगै राखेकी आरती तरकारी बेचेर गुजारा चलाउथिइन् । सञ्जीव विभिन्न पसलमा काम गर्दै छाड्दै हिंड्ने गरेका थिए । दुवैबीच सम्पत्ति लेनदेनमा झगडा थियो ।

घटनापछि फरार रहेका श्रीमान् सञ्जीव साहलाई साँझ धनुषा प्रहरीले पक्राउ गर्‍यो । अनुसन्धानमा साहले निखिल स्टोरबाट एसिड खरिद गरेको वयान दिएपछि प्रहरीले एसिड बिक्रेता नागेन्द्र साहलाई अर्कोदिन ५८ बोतल एसिडसहित नियन्त्रणमा लियो । यी दुवैविरुद्ध सरकारी वकिलको कार्यालयले २४ मंसिर २०७७ मा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशअनुसार धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । यो अध्यादेश बमोजिम दर्ता भएको यो नै पहिलो मुद्दा हो ।

सञ्जीव र नागेन्द्रको विरुद्धमा अंगभंग, कुरुप र एकीकृत कसुरसहित ३ वटा मुद्दा दर्ता गरियो । मुलुकी ऐन कानुन अनुसार र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशअनुसार दुवैविरुद्ध तीनवटै मुद्दामा १५ वर्ष ६ महिना कैद सजाय र क्षतिपूर्ति माग गरिएको थियो । कान्तिपुरमा अजित तिवारीले लेखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]